Comments Add Comment

स्मिथले अब अष्ट्रेलियाको कप्तानी गर्न पाउने

अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले फेरि राष्ट्रिय टिमको कप्तानी गर्न पाउने भएका छन् । पूर्व कप्तान स्मिथको दुई वर्षे कप्तानी प्रतिबन्ध आइतबारबाट सकिएपछि नेतृत्व गर्ने अवसर पाउने भएका हुन् । स्मिथले अब अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटहरुमा कप्तानी गर्न पाउने भएका हुन् ।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध भएको टेष्ट क्रिकेटमा बल टेम्परिङ काण्डपछि स्मिथलाई क्रिकेट खेल्न र कप्तानी गर्न प्रतिबन्ध लगाइएको थियो । उनलाई खेल्न एक वर्ष प्रतिबन्ध लगाइएको थियो भने कप्तानीबाट दुई वर्ष प्रतिबन्ध लगाइएको थियो । स्मिथसँगै डेविड वार्न र क्यामरुन ब्यानक्रफ्टलाई पनि क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको थियो ।

वार्नरलाई भने अष्ट्रेलियन टिमको कप्तानी गर्न आजीवन प्रतिबन्ध लगाइएको छ ।

अहिले टिम पेन अष्ट्रेलियन टेष्ट टिमको कप्तान छन् भने सीमित ओभरको क्रिकेटको कप्तानी आरोन फिन्चले गरिरहेका छन् ।

स्मिथले यस सिजन हुने इण्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सको कप्तानी गर्ने तयारी थियो । तर, विश्वभर महामारीको रुममा फैलिएको कोरोना भाइरसको कारण आइपीएल अप्रिल १५ सम्मलाई स्थगित गरिएको छ । यद्यपि कोरोना भाइरसको महामारीले भयावह स्थिति लिएकोले आईपीएल यस वर्ष कहिले हुन्छ भन्ने निर्णय हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment