Comments Add Comment

पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रले ५ दिनमै कर्जा पाउने

१६ चैत, काठमाडौं । यातायात तथा पर्यटन क्षेत्रहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट ५ दिनमै कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय क्षेत्रहरुलाई निर्देशन जारी गर्दै ५ दिनमै कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

बैंकमा कर्जा भइरहेकाले पनि यस्तो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । नियमित रुपमा कर्जाको साँवा तथा ब्याज भुक्तानी गरिरहेका यातायात तथा पर्यटन क्षेत्रहरुलाई ५ दिनमै कर्जा दिने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको हो ।

विशेष गरेर यी दुई क्षेत्रहरु कोरोनाका कारण धेरै प्रभावित भएको भन्दै सहुलियत दिइएको राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

यसैगरी स्वास्थ्य क्षेत्रका लागि पनि यो सुविधा दिने कामु गभर्नर शिवाकोटीले बताए । उनका अनुसार स्वास्थ्य सेवा विभागले सूचिकृत एवं सिफारिस गरी स्वास्थ्योपचारसम्बन्धी आवश्यकीय मालवस्तु पैठारी तथा बिक्री वितरण गर्न कर्जा लिन चाहनेहरुले यो सुविधा पाउनेछन् ।

यी क्षेत्रहरुले कर्जा माग गरे ‘फास्ट ट्रयाक’ विधि अपनाएर बैंकहरुले बढीमा ५ दिनभित्रै कर्जा उपलब्ध गराउनु पर्ने कामु गभर्नर शिवाकोटीले बताए ।

यो पनि पढ्नुहोस राष्ट्र बैंकद्वारा सहुलियत घोषणा : चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment