Comments Add Comment

धनगढीका साथी संक्रमित भएपछि विराटनगरका युवक क्वारेन्टाइनमा

१६ चैत, विराटनगर । कोरोना संक्रमित धनगढीका युवकसँगै दुबईबाट आएका एक व्यक्ति र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।

६ चैतमा सँगैआएका धनगढीका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरका पुरुषलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको हो ।

वैदेशिक रोजगारीबाट एक छोरी र श्रीमतीसहित फर्किएका युवकको परिवारलाई विराटनगर – १९ मा निर्माण भएको क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

धनगढीका युवकलाई १४ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए । सँगै आएको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर– १५ बस्दै आएका युवकले वडा अध्यक्ष असलम आलमलाई फोन गरेका थिए ।

बाहिर बस्दा संक्रमणको जोखिम बढ्ने भएकाले उनलाई शनिबार क्वारेन्टाइनमा लगिएको हो । ३ चैतमा विराटनगरका युवक र संक्रमित युवक दुबईबाट दिल्ली हुँदै काठमाडौं एउटै फ्लाइटमा आएका थिए । विराटनगर र धनगढीका युवक साथी हुन् ।

क्वारेन्टाइनमा राखिएका राखिए पनि उनको कोरोना संक्रमण परीक्षण गरिएको छैन ।

विराटनगर महानगरपालिकाले सोमबार ती युवक र उनको परिवारको स्वाब लिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment