Comments Add Comment

ज्याकमा र अलीबाबा फाउण्डेशनले दिए कोरोनाविरुद्ध चिकित्सा सामग्री

१६ चैत, काठमाडौं । ज्याकमा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो लट त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको देशभर वितरण गर्नेछ ।

यो वितरण ज्याकमा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो ।

अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भग लिए । जसमा स्वास्थ्यर जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि उपस्थित थिए ।

‘हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ। हामी विश्व समुदायलाई सहयोग पु’याउन सक्दो प्रयास गरिरहेका छौं । आवश्यक परको ठाउँहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं,’- ज्याकमा फाउन्डेसनले भनेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment