Comments Add Comment

क्रिमसन अस्पताललाई नगरपालिकाको चेतावनी

१७ चैत,बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले उच्च ज्वरो भएका बिरामीलाई भर्ना नलिएको गुनासो आएपछि तिलोत्तमा नगरपालिकाले सचेत गराएको छ । यो अस्पतालले गेटमा ठूलो व्यानर टाँगेर अत्यावश्यक कामबाहेक अस्पतालमा नआउन सूचना जारी गरेको थियो ।

अस्पतालले सेनिटाइजर र साबुनको समेत व्यवस्था नगरेको र बिरामीहरुलाई दुर्व्यवहार गरेको गुनासो आएपछि सचेत गराइएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिकाका प्रमुख घिमिरे, उपप्रमुख जागेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधव शर्मा, प्रवक्ता सुरेन्द्र श्रीलगायतको टोली प्रहरी र नगर प्रहरीसहित अस्पताल पुगेर अनुगमन गरी अस्पताल प्रशासनलाई सचेत गराएको हो ।

नगरपालिकाको टोलीले गेटमा टाँगिएको व्यानर तत्काल हटाउन, बिरामीलाई सहज रुपमा भर्ना गरेर उपचार सेवा दिन, क्यान्टिन र अस्पताल परिसरका होटल बन्द गर्न, फोहोरमैलाको उचित व्यवस्थापन गर्न निर्देशन दिएको नगर प्रमुख घिमिरेले बताए ।

अस्पतालमा आफन्तलाई उपचारका लागि भर्ना गरेकी बुटवलकी उषा भट्टराईले अस्पतालले कोभिड-१९ संक्रमण रोकथामका लागि सेनिटाइजर र साबुनसमेत व्यवस्था नगरेको विषयमा प्रश्न उठाउँदा बिरामीलाई डिस्चार्ज गरेर लैजान धम्की दिएको गुनासो गरिन् ।

क्रिमसनसहित रुपन्देहीका अन्य निजी अस्पताल र मेडिकल कलेजहरुले पनि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका बिरामीलाई भर्ना नगरेको गुनासो आउने गरेको छ । निजी अस्पतालको यो रवैयाप्रति मुख्यमन्त्री शंकर पोखरेलले पनि ध्यानाकर्षण भएको बताएका छन् ।

क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले कोभिड-१९ को जोखिमलाई मध्यनजर गरेर ब्यानर टाँगेको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment