Comments Add Comment

कोरोना त्रासबीच नै डर्टमण्डले सुरु गर्‍यो ट्रेनिङ

१८ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा अहिले विश्वभरीको फुटबल खेलहरु ठप्प छ । खेलसँगै ट्रेनिङहरु समेत बन्द छन् । तर, बोरुसिया डर्टमण्डले भने कोभि- १९ को त्रासकै समयमा पनि फुटबल प्रशिक्षण सुरु गरेको छ ।

जर्मन क्लब डर्टमण्डले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । पहिलो दिन प्रशिक्षणमा नर्वेजियन युवा स्टार एर्लिङ हलान्डसँगै थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायतको उपस्थिति थियो ।

क्लबले खेलाडीको म्याच फिटनेसलाई कायम राख्न सुरक्षित तरिकाले ट्रेनिङ गराइने जनाएको छ । क्लबल खेलाडीले निश्चित दुरीमा राखेर ट्रेनिङ गराएको छ । क्लबका खेलाडी एम्रे चानले पिचमा फर्कनु महत्वपूर्ण रहेको र यसले बोरिङ फिल नहुने बताएका छन् ।

जर्मनीमा फुटबल कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो । बुण्डेसलिगामा वायर्न म्युनिखपछि डर्टमण्ड दोस्रो स्थानमा छ ।

कोरोनाको कारण ठप्प रहेको विश्व फुटबल कहिले पुराने लयमा पर्कन्छ भन्ने थाहा छैन । जर्मनीमा बुण्डेलिगा र बुण्डेसलिगाको दोस्रो डिभिजन अप्रिल ३० सम्म स्थगित गरिएको छ । युरोपका अन्य लिगहरु पनि अहिले स्थगित छन्।

कोरोनाकै कारण आगामी जुन र जुलाई महिनामा तय भएको युरोकप २०२० र कोपा अमेरिका एक वर्षपछि सारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment