Comments Add Comment

लकडाउनले फुल रेस्ट पाएको छु : भलिबल खेलाडी थापा

१८ चैत, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको पनि एक हप्ता पुगिसकेको छ । मानिसहरु अत्यावश्यक सामान खरिद गर्नबाहेक घरबाहिर निस्कथन पाएका छैनन् ।

मानिसहरु घरभित्रै बसिसकेका छन् । धेरै नेपालीका लागि यो नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, अभ्यास गरिरहने, खेल खेल्न देश विदेश गइरहने खेलाडीहरुलाई लकडाउनले उकुसमुकुस भएको छ । कतिपय खेलाडी घरमै अभ्यास गरिरहेका छन् । लकडानका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । भलिबल खेलाडी कुल बहादुर थापासंग गरिएको कुराकानी:

लकडानउमा के के गरिरहनुभएको छ ?

घरभित्र परिवारसँग बसिरहेको छु । इन्टरनेट चलाउने यस्तै यस्तै ।

कोरोनाबाट बच्न के के गरिरहनुभएको छ ?

टाइम टाइम साबुन पानीले हात खुट्टा धुने । कोही घर बाहिर गए हिँडेको भेटे सम्झाउने साबधानी अपनाइ बसिरहेको छु ।

खेल्न नपाउँदा के भइरहेको छ ?

म बिगत २ महिनादेखिको ढाडको नशा च्यापिएर आराम गरिरहेको छु । यो लकडाउनले आरामका लागि झन् सहयोग गरेको छ ।

धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ?

धेरै रेस्ट भएपछि अब ट्रेनिङ गर्ने थाकिन्छ । खेल्ने बानी भएको हुँदा धेरै बसिरहँदा समय बिताउन गाह्रो हुने रहेछ । कुनै कुरामा ब्यस्त हुनु राम्रो हो ।

घरबाट बाहिर निस्कन नपाउँदा कस्तो लागेको छ?

हुन त आफ्नो लागि हो । कुनै पनि जनावरलाई बाहिर निस्कन नदिई राख्दा के सोच्दो रहेछ भन्ने महसुस हुन्छ । सायद अब मान्छेले सोच्नु पर्ने बेला आएको छ । प्रकृतिलाई जोगाउनुपर्छ । पछि धेरै रोग आउने छ हामी विकासको नाममा प्रकृति मासिरहेको छौँ ।

अहिले कुन साधान चढ्नु हुन्छ?

पल्सर २२० मोटरसाइकल ।

तपाईंलाई मन पर्ने नेपाली खेलाडी ?

शक्ति गौचन, क्रिकेट ।

मन पर्ने विदेशी खेलाडी ?

युजि निशिदा, जापान ।

कुन मोबाइल चलाइरहनुभएको छ?

हुवाई २०१९

आफ्नो खेल बाहिरको मन पर्ने खेल र खेलाडी ?

फुटबलको विश्वकै उत्कृष्ट खेलाडी, लिओल मेस्सी ।

सबैभन्दा नजिकको खेलाडी ?

इम राना ।

खेलाडी नभएको भए के हुन्थ्यो ?

सायद अब जे पनि हुन सकिन्छ होला । हाहा… ।

अहिलेसम्मको सम्झन लायक क्षण ?

पहिलो पटक नेपालको जर्सी लगाएर खेल्न कोर्टमा गएको क्षण ।

सबै भन्दा मिल्ने खेलाडी ?

चन्द्र कुंवर र देव राज शर्मा (माइला)

खेल्न मन लागेको तर नपाएको खेलाडी ?

विश्वकै राम्रो राम्रो खेलाडीसंग खेल्ने मन थियो । तर हामीले लाइभ गेम हेर्न पनि पाइँदैन ।

कुन भिडियो गेम खेल्नुहुन्छ ?

कहिलेकाहीँ पब्जी र तीन पत्ती कार्ड गेम ।

मन पर्ने गायक, गायिका ?

लोकगीत गायिका देवी घर्ती ।

मन पर्ने चलचित्र ?

दंगल हिन्दी ।

मन पर्ने अभिनेता ?

राजेश हमाल ।

मन पर्ने गीत ?

लोक गीत, मेरी आमा ।

जान्नुपर्ने तर नजानेको कुरा ?

गाडी चलाउन ।

तत्कालै सिक्न मन लागेको कुरा ?

भलिबल प्रशिक्षणसम्बन्धी नयाँ कुरा ।

तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको सवारी साधन ?

अहिले तेस्तो सोच आएको छैन ।

तपाईंसंग भएको कुनै महंगो सामान?

केही छैन । भएको त्यही बाइक हो । हाहा… ।

अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट के हो, को बाँट पाउनुभयो ?

बाइक किन्दा बुवा ले पैसा दिनु भएको थियो । त्यही हो । यस्तै हङकङमा हुनुभएको धन दाईले दु:ख पर्दा धेरै सहयोग गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment