+
+
Shares

रामेछाप जिप दुर्घटना : उपचारको क्रममा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ११:२२

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?