Comments Add Comment

यसकारण उपासना भाग्यमानी नायिका

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

गतवर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले यो वर्ष अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।

दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका यो वर्षकी भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । किनकी, यो वर्ष हिट भएका पाँच चलचित्रमध्ये एक चलचित्र उनको नाममा छ । चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।

उनले, आगामी वर्षको भदौ महिनासम्म पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment