Comments Add Comment

प्रिमियर लिग मेमा सुरु गरेर जुलाई १२ मा सक्ने महत्वाकांक्षी लक्ष्य

१८ चैत, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले फुटबल सहित विश्व खेलकुद गतिविधि शून्य अवस्थामा छ । युरो कप र ओलम्पिक जस्ता ठूला प्रतियोगिता एक वर्ष पछि सरिसकेको छ ।

विश्वकै चर्चित लिगहरु स्थगित अवस्थामा छन् । लिगहरु स्थगित हुँदा क्लब खेलाडी लिग सबैलाई घाटा परिरहेको छ ।

यसैबीच इंग्ल्याण्डको प्रिमियर लिग मे मा शुरु गरेर जुलाईमा सक्ने महत्वाकांक्षी योजना सार्वजनिक भएको छ ।

बेलायती अनलाइन पोर्टल डेली मेलका अनुसार लिग मे मा शुरु गर्ने अनी जुलाई १२ भित्र सक्ने लक्ष्य छ । लिगका खेलहरु क्लोज डोरमै खेलाउनुपर्नेछ ।

यस योजनाको बारेमा शुक्रबार प्रिमियर लिगका २० क्लबसंग भिडियो कन्फ्रेन्स हुने भएको छ । टेलिभिजन राइट्सलाई मध्यनजर गर्दै प्रिमियर लिगले यो नयाँ योजना अघि बढाएको हो ।

यसका लागि सरकारले र जनस्वास्थ्यसम्बन्धी निकायले अनुमति दिनुपर्छ ।

कोरोना भाइरसका कारण देश नै सटडाउन भएको अवस्थामा आर्थिक समस्याबाट बच्न पन यो योजना ठीक हुने जनाइएको छ ।

प्रिमियर लिगको ब्रोडकास्टिङ राइट्सलाई मध्यनजर गरेर यो नयाँ योजना ल्याएको हो । वर्षको तीन विलियन पाउण्डमा प्रिमियर लिगको ब्रोडकास्टिङ राइट्सको सम्झौता गरिएको छ । त्यो सम्झौता जुलाई ३१ मा सकिदैछ ।

ब्रोडकास्टरले प्रिमियर लिगलाई सक्दो चाँडो यस बारे क्लियर हुन भनेको छ ।

टिभीसंगको सम्झौताअनुसार यस सिजन जुलाईमा जसरी नै सक्नुपर्ने छ ।

यदि लिग फेरि शुरु भएन भने स्काई स्पोर्ट्स लगायत अरु ब्रोडकास्टरले प्रिमियर लिगसंग ७६२ मिलियन पाउण्ड माग्न सक्नेछ ।

यदि जुलाईसम्म लिग सकिएन भने ब्रोडकास्टरहरुले रकम माग्न सक्नेछन् । केही दिनअघि क्लब कार्यकारीहरु को अनौपचारिक छलफलमा लिग जुलाई १२ मा सकाउनु उपयुक्त देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment