+
+
Shares

कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाइरसका कारण ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १७:४०

१८ चैत, काठमाडौं । गणतन्त्र कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोकिम योम्बीको कोरोना भाइरसका कारण ज्यान गएको छ । अल जजिराका अनुसार उनको सोमबार ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनको छोरालाई उद्धृत गर्दै एपीएफले जनाए अनुसार उनीमाथि कोरोना भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोको शासन सत्ता सम्हालेका थिए ।

विश्वप्यापी महामारीको रुपमा रहेको कोरोना (कोभिड १९)को संक्रमण अहिलेसम्म कंगोमा केवल १९ जनालाई मात्रै ज्यान गएको छ । योम्बी कंगोको डेमोक्रेसी एण्ड डेभलपमेन्ट पार्टीका संस्थापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?