
१८ चैत, विराटनगर । भारतबाट चोरबाटो हुँदै विराटनगर प्रवेश गरेका १३ जनालाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
सोमबार लकडाउन उल्लङ्घन गर्दै चोरबाटो हुँदै विराटनगर प्रवेश गरेका रुकुमका १३ जनालाई मंगलबार टाँडीमा राखिएको हो ।
सोमबार र मंगलबार आएकाहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइनका लागि टाँडीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणको आशंकामा टाँडीमा एक सय १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4