+
+

गोरखामा आफैंले बोकेको बन्दुक पड्किँदा एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १९:२५

१९ चैत, गोरखा । बाघलाई तर्साउन बोकेको बन्दुक पड्किँदा गोरखामा एक जना घाइते भएका छन् । घाइते हुनेमा बारपाक सुलिकोट गाउँपालिका-७ अमलेका ५८ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार गाउँमा गाई बाख्रालाई आक्रमण गर्न थालेपछि बाघलाई तर्साउन गुरुङ भरुवा बन्दुक बोकेर मंगलबार दिउँसो जंगलमा हिँडेका थिए । सोही क्रममा एक्कासी बन्दुक पड्किएर उनी घाइते भएका हुन् । उनको बायाँ हात, नाडी तथा छातीमा चोट लागेको डीएसपी बासुदेव खतिवडाले बताए ।

उपचारका लागि गुरुङलाई काठमाडौंको टिचिङ अस्पताल लगिएको उनले बताए । बन्दुक नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?