+
+
Shares

इटालीमा घट्यो दैनिक मृत्यु हुनेको संख्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते २३:२९

१९ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । यससँगै बिस्तारै कोरोना मृत्यु हुनेको संख्यामा कमी आउनसक्ने आशा बढेको छ ।

इटालीको स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलबार सात सय २७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको छ । यसअघि सोमबार आठ सय १२ जनाको भाइरसको कारण मृत्यु भएको थियो ।

यससँगै इटालीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १३ हजार एक सय ५५ पुगेको छ ।

यस्तै, दुई हजार नौ सय ३७ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इटालीमा समग्र संक्रमितको संख्या पनि एक लाख १० हजार नाघेको बीबीसीले जनाएको छ ।

यसैबीच, इटालीले शुक्रबारदेखि सकिन लागेको लकडाउनको अवधि १० दिनले लब्याउने निर्णय पनि गरेको छ । यससँगै इटालीमा अप्रिल १३ सम्म लकडाउन जारी रहनेछ ।

पछिल्लो तीन सातादेखि इटालीमा लकडाउन जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?