Comments Add Comment

लकडाउनले रोक्न नसकेको पशुपतिको आरती (फोटो फिचर)

२० चैत, काठमाडौं । गोधुली साँझको संकेत क्षितिजमा पुगेको घामले गरिरहेको थियो । एउटी अधबैंशे महिला पशुपतिको पूर्वीगेट पारिपट्टिको आरती हुने ठाउँ सफा गर्ने तरखरमा थिइन् ।

पहिले त उनले सफाइ सुरु गर्दा नगर्दैदेखि श्रद्धालुहरुको आरती हेर्न भिड सुरु भइसक्थ्यो । तर, बुधबारको उनको त्यो सफाइको समयमा केवल साथमा थिए त बाँदरहरुको जत्थ्था ।

एकैछिनमा आइपुग्छन् आरती गर्ने पण्डित भीम भट्टराई । बुधबार आरतीमा आउने पालो उनको परेको थियो । सबै प्रक्रिया पूरा गरेपछि शुद्ध कपडा लगाएर संकल्प गरेर बत्ती बाल्न सुरु गर्छन् । वैदिक मन्त्रका साथमा गरिएको सो आरतीमा पहिलेको जस्तो रौनक त छैन । भक्तजनको तर्फबाट गंगामा दुध चढाउन बन्द गरिएको छ । त्यसबाहेक अरु प्रक्रिया भने नरोकिएको आयोजक समितिले जनाएको ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गत चैत ७ गते आरती रोक्ने निर्णय भएको भएपनि अहिले पनि आरती चलिरहेको छ । कोषले आरती रोक्ने निर्णय गर्‍यो । तर, समितिले रोक्न नहुने निर्णय गर्‍यो । त्यसैले विशेष सावधानी पुर्‍याएर अहिले पनि निरन्तर सन्ध्याकालीन आरती चलिरहेको पशुपतिनाथ एवं गंगा आरती सेवा समितिका कोषाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

अहिले आरतीमा केवल दर्शनार्थीहरुलाई प्रवेश दिइँदैन । तीन जना पण्डितहरुले गर्ने गरेको काम अहिले एक जना पण्डितबाट गराउने गरिएको छ । कोषाध्यक्ष पौडेलका अनुसार कुल १२ जना कर्मचारीहरु रहेको सो समितिमा अहिले ५ जनाको दरमा आलोपालो प्रणालीमार्फत् कर्मचारी बोलाउने गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment