+
+
Shares

बलात्कारका आरोपी हिरासतमा मृत भेटिए

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ चैत २० गते ९:३३

२० चैत, बुटवल । बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा नै मृत अवस्थामा भेटिएका छन्।

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् ।

शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए ।

घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलिहवावाट प्रहरी नायव उपरीक्षक सुनील मल्लको नेतृत्वमा टोली ईलाका प्रहरी कार्यालय पिपरामा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?