Comments Add Comment

रामेछापमा राहत बाँड्न श्रमिक र विपन्नको तथ्यांक संकलन सुरु

२० चैत, मन्थली । रामेछापका स्थानीय सरकारहरुले राहत बाँड्न श्रमिक र विपन्नको तथ्यांक संकलन सुरु गरेका छन् । जिल्लाका कोरोनाको संक्रमण रोक्न देशभरि जारी भएको लकडाउन र निषेधाज्ञाको कारण दैनिक गुजारा चलाउन समस्या परेका नागरिकहरुको तथ्यांक संकलनमा लागिएको हो ।

यस्ता परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य सामान उपलब्ध गराउन तथ्यांक संकलनको काम सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा दैनिक गुजारा चलाउन असहज भएकाहरुलाई राहत वितरण गर्नका लागि सबै पालिकामा तथ्यांक संकलनको काम जारी रहेको जानकारी दिइन् ।

रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र सुनापति गाउँपालिकाका अधिकारीहरुले राहत वितरणका लागि तथ्यांक संकलन जारी रहेको बताएका छन् । राहतका लागि स्थानीय तहहरुले कोष पनि खडा गरेका छन् ।

रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले हरेक वडामा तथ्यांक संकलनका लागि कर्मचारीहरु खटाइएको र विवरण आउनासाथ राहत वितरण सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment