+
+
Shares

धनगढीमा कोरोनाको परीक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १९:११

२० चैत्र, कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु भएको छ ।

कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु भएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानपछि परीक्षण सुरु भएको अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए । उनका अनुसार एउटा नमूनाको रिपोर्ट आउन करिब साढे एक घण्टा लाग्ने बताए ।

पहिले कोभिड-१९ को ननूना संकलन गरी काठमाडौं पठाउने गरिएको र त्यसको रिपोर्ट आउन एक साता लाग्ने गरेकोमा अब छिटो हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?