Comments Add Comment

कोभिड-१९ रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

२० चैत, काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्घ अग्रसर हुन स्थापित सरकारको कोभिड-१९रोकथाम कोषलाई रु. १ करोड ५१ लाख योगदान गरेको छ ।

उक्त रकम उल्लेखित चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रदान गरे ।

कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

यस बाहेक बैंकले अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड-१९रोकथाम कोषमा प्रदान गरिनेछ ।

“हामी विश्वस्त छौं कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दीगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पुर्‍याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्घ छ”, प्रमुख कार्यकारी अधिकृत केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment