Comments Add Comment

कोरोना संक्रमणको शङ्कामा वीरगञ्जमा एकजना भर्ना

२० चैत, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा नोवेल कोरोना भाइरस संक्रमणको आशङ्कामा एक बिरामीलाई भर्ना गरिएको छ । बाराको कलैया-२६ का ७० वर्षीय वृद्धमा कोरोना भाइरस संक्रमणको आशङ्का गरिएको हो ।

एक साताअघि भारतबाट फर्केका उनमा कोरोना भाइरसको संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएको अस्पतालका चिकित्सकले बताएका छन् । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई बिहीबारबाटै आइसोलेसनमा राखिएको छ ।

अस्पतालमा उपचारका लागि आएका एक वृद्धमा देखिएको लक्षणको आधारमा कोरोना भाइरस संक्रमण हुन सक्ने देखिएपछि आइसोलेसनमा राखिएको मेसु डा मदन उपाध्यायले जानकारी दिए ।

‘कफ छ, ज्वरो छैन, ट्राभल हिष्ट्रि भारत छ । राम्रोसँग कुराहरु बताइरहनुभएको छैन,’ उनले भने, ‘त्यसैले आइसोलेसनमा अब्र्जभेसनका लागि राखेका छौं,’ आजै अस्पताल भर्ना भएका उनको, ‘थ्रोट स्वाब’ भने संकलन नभइसकेको उनले बताए ।

कोरोना भाइरस संक्रमणको आशङ्कामा अस्पतालमा ठोरीबाट आएका थप दुुईजना आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment