Comments Add Comment

फाइब्राएडः बढ्दो उमेरका महिलाहरुमा देखिने गम्भिर बिरामी

प्रायः महिलाहरुमा चालिस वर्षपछि महिनावारीको क्रममा रक्तस्राव बढ्ने, कम्मर, पेट तथा हात–खुट्टा बढी दुख्ने जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । कहिलेकाहीँ महिनावारी पनि अनियमित हुन्छ । महिनावारी हुँदा पेट असह्य दुख्छ ।

महिनावारीमा रक्तस्राव पाँच दिनसम्म हुन पर्नेमा आठदेखि दश दिनसम्म हुन्छ । शरीरमा रगतको कमी हुन्छ । कमजोरी र ज्वरो आउने जस्ता समस्याहरु देखिन्छन् । यी सबै लक्षण फाइब्राएड अर्थात गभाशयमा गाँठो परेपछि देखिन्छन् ।

४५ तथा ५० वर्ष उमेरका महिलाहरु महिनावारी अनियमित हुनु अथवा अत्यधिक रक्तस्राव हुनुलाई मेनापोजसंग सम्बन्धित समस्या हो भन्ने सोच्छन् र यो समस्या मेनापोजपछि समाप्त हुन्छ भन्ने उनीहरुको धारणा हुन्छ ।

तर यी सबै संकेतहरु यूटरसमा फाइब्राएडको समस्याको संकेत हो । हिजोआज फाइब्राएडको समस्या ४० वर्ष पार गरेका महिलाहरुमा सामान्य बन्दै गएको छ । यो समस्यामा गर्भाशयको मांसपेशीहरुमा स–साना गोलाकार गाँठो बन्छ, जुन कसैकोमा धेरै हुन्छ भने कसैकोमा थोरै । यो गाँठो अंगूरको दानको आकार जस्तो पनि हुन सक्छ र बढ्दै गएर फुटबल जत्रो आकारको पनि हुन सक्छ । यसको संख्या भिन्दा–भिन्दै मानिसमा भिन्दा–भिन्दै हुन्छ ।

फाइब्राएड प्रायः अत्याधिक रक्स्रावका कारण हुन्छ । गाँठो सानो  अथवा यूटरसको बाहिर भएमा महिलामा कुनै पनि किसिमको लक्षण थाहा हुँदैन, तर जुन फाइब्राएड यूटरसको भित्र क्याविटीमा भएको हुन्छ, जसका कारण अत्यधिक रक्तस्राव हुने भएकाले यस बारेमा थाहा हुन्छ । यूटरस भित्र पाइने फाइब्राएडलाई सबम्यूकस फाइब्राएड भनिन्छ ।

त्यस्तो ठुलो फाइब्राएड, जसले यूटरसको साइज र त्यसको क्याविटीलाई ठुलो बनाइदिन्छ । त्यो नै अत्याधिक ब्लिडिङ (उच्च रक्तस्राव) को कारण हुन्छ । अत्याधि रक्तस्राव हुनाले महिलाहरुमा रगतको कमी हुन्छ र उनीहरु एनोमियाको शिकार हुन्छन् । एनोमिया हुनाले महिलामा कमजोरी, शरीर दुख्ने, ज्वरो र अन्य गम्भिर रोगहरु पनि लाग्न सक्छ । फाइब्राएड एक प्रकारको गर्भाशयको ट्यूमर हो, जसका कारण क्यान्सर पनि हुन सक्छ । शून्य दशमलव दुई प्रतिशत यसको कारण पनि क्यान्सर हुने सम्भावना पनि हुन्छ । त्यसैले यसलाई वेवास्ता गर्नु खतरनाक हुन्छ ।

फाइब्राएड हुने कारण

मीनपोज (महिनावारी सुक्ने समय) हुने क्रममा कहिलेकाहिं महिनावारी अनियमित हुन्छ, तर यस प्रकारको लक्षण फाइब्राएड उत्पन्न हुने समयमा पनि दखिन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा डाक्टरलाई देखाउनु उपयुक्त हुन्छ । डाक्टरहरुका अनुसार हिजोआज महिलाहरुमा फाइब्राएडकोे समस्या धेरै देखिन थालेको छ । त्यस्ता महिलाहरुमा फाइब्राएड हुने सम्भावना धेरै हुन्छ, जुन महिलाले लामो समयदेखि शारीरिक सम्बन्ध राखेका हुँदैनन् ।

अविवाहितहरुमा यो समस्या सामान्य हुन्छ, जसले तीस बर्षको उमेरदेखि नै दुःख दिन थाल्छ । डाक्टरहरुका अनुसार एउटा विशेष उमेरपछि शरीरको भित्रि अंगहरुमा शारीरिक सम्बन्ध आवश्यकता उत्पन्न हुन्छ र त्यो पूरा भएन फाइब्राएडकोे समस्या उत्पन्न हुन्छ । यही कुरासंग सम्बन्धित तथ्य अनुसार महिलाको शरीर जब बच्चालाई जन्म दिन तयार हुन्छ, तब विभिन्न किसिमको हार्मोनल परिवर्तन हुन्छ । ती परिर्वतन अनुसार जब शरीरले बच्चालाई जन्म दिँदैन तब त्यस्ता समस्या उत्पन्न हुन्छन् ।

जुन महिलाहरु लामो समयसम्म गर्भवती हुँदैनन्, उनीहरुको पेटमा यस प्रकारको गाँठो बन्छ । यस बाहेक जुन महिलालाई आफ्नो श्रीमान्बाट यौन सन्तुष्टि प्राप्त हुँदैन, उनीहरुमा पनि यो समस्या देखिन्छ । हाम्रो परिवर्तित तथा अनियमित जीवनशैली र तनाव नै फाइब्राएड े सबैभन्दा ठुलो कारण बन्न पुग्छ ।

करीव ५० प्रतिशत महिलाहरुमा जीवनको कुनै न कुनै समयमा यूटराइन फाइब्राएड हुन्छ, तर धेरैजसो महिलाहरुलाई यसको बारेमा थाहा हुँदैन । किनभने शुरुवाती समयमा यसको कुनै लक्षण देखिँदैन । प्रायः धेरै केशहरुमा यसको लक्षण देखिन्छ । डेलिभरीभन्दा पहिला गरिने अल्ट्रासाउण्ड अथवा विभिन्न जाँच गर्दा यसको बारेमा थाहा हुन्छ । केही महिलाहरुमा गर्भाशयको गाँठो छोपिएको हुन्छ र अल्ट्रासाउण्ड गरेपछि मात्र थाहा हुन्छ । स–साना गाँठाहरु गर्भाशयमा धेरै हुन्छन । यदि त्यो आकारमा  धेरै ठुलो भयो भने महिलाहरुलाई गर्भ धारण गर्न समस्या हुन्छ भने बारम्बार मिसक्यारेज हुन थाल्छ ।

केही महिलाहरुमा फाइब्राएड हुँदा धेरै समस्या हुँदैन । यदि यसका कारण क्यान्सर हुँदैन भने डाक्टरहरुले पनि यसलाई सामान्य सोच्छन् र त्यसै छाडिदिन्छन् । मेनापोजपछि यस्ता गाँठाहरु आफैं सुकेर झर्छन् । तर जब फाइब्राएडको लक्षण देखिन थाल्छ र महिनावारीमा समस्या उत्पन्न हुन थाल्छ, यस्तो स्थितिमा यसलाई निकाल्नु नै उपयुक्त हुन्छ । यस्ता गाँठाहरु जुन तिव्र गतिमा बढि रहेको छ भने डाक्टरले यसलाई ध्यान पूर्वक नियाल्ने गर्छन् र त्यहि हिसाबले यसको उपचार गर्छन् ।

फाइब्राएडको लक्षण

—महिनावारीको क्रममा उच्च मात्रामा रक्तस्राव हुनु ।

—महिनावारी स्वाभाविक रुपमा तीन देखि पाच दिन हुन्छ तर यस्तो नभएर आठ देखि दस दिनसम्म रक्तस्राव भैरहनु ।

—महिनावारीको क्रममा पेटको तल्लो भागमा धेरै पिडाको महसुस हुनु ।

—महिनावारी सकिसके पछि पनि योनीबाट बीचबीचमा रगत बगिरहने समस्या हुनु ।

—शरीरमा कमजोरी महसुस हुनु ।

—योनीबाट गनाउने पानी बग्नु,जुन प्राय फाइब्राइडमा इन्फेक्शन हुनाले हुन्छ ।

—कहिले पेट अचानक दुख्न थाल्छ,जुन गाठो भित्र घुम्नाले हुन्छ ।

—कब्जियत हुन्छ, जुन गाठो बढ्नाले ठुलो अन्द्रा र मलाशयमा भार पर्नाले हुन्छ ।

—पिसाव रोकिंदै आउँछ र बारम्बार पिसाब फेर्न जानु पर्ने समस्या हुन्छ ।

—गर्भधारणमा बाधा आउछ र गर्भधारण भए पनि गर्भपतन हुन्छ ।

फाइब्राएडको उपचार

शुरुवाती अवस्थामा फाइब्राएड भएको थाहा हुँदैन । धेरै महिनासम्म महिनावारीका अनियमित हुनु, कब्जियत हुनु, पिसाव लागिरहनु र पिसाव पोल्नु यसको शुरुवाती लक्षणहरु हुन् तर प्रायः महिलाहरुले यी लक्षणहरुलाई वेवास्ता गर्छन् । डाक्टरहरुले पनि यसलाई पिसावको इन्फेक्सन सम्झिएर औषधी दिन्छन् । तर जब अचानक उच्चा रक्तस्राव र तिव्र गतिमा पीडा शुरु हुन्छ र मासिक स्राव दशदेखि पन्ध्र्र दिनसम्म भैइरहन्छ तब मात्र महिलाहरु सचेत हुन्छन् ।

प्रायः धेरै पटक दश–दश दिनको अन्तरालमा नै महिनावारी शुरु हुन्छ र धेरै दिनसम्म रक्तस्राव भैइरहन्छ । यसले तपाईंलाई फाइब्राएड े समस्या छ भन्ने कुराको स्पष्ट संकेत हो । यसको पुष्टि डाक्टरहरुले अल्ट्रासाउण्ड अथवा एमआरआईद्वारा गर्छन् ।

फाइब्राएडको उपचारको विभिन्न तरिकाहरु छन्, जुन फाइब्राएड आकार र प्रकृतिमा निर्भर हुन्छ । जुन युवतीहरु गर्भवती हुन चाहन्छन् उनीहरुमा फाइब्राएडकोे आकार कम गर्ने हारमोन्स इन्जेक्सन दिने गरिन्छ । अन्य महिलाहरुमा सर्जरीद्वारा  फाइब्राइडलाई निकालिन्छ । अहिले यसका लागि नयाँ उपचार विधि पनि आएको छ, जसमा यूटरसलाई छेडछाड नगरिकनै फाइब्राइडलाई निकाल्न सकिन्छ ।

यस्तो उपचारमा मायोलाएसिस अथवा लेजर रिमूभल, मायोमेक्टमी अर्थात सर्जिकल रिमूभल र यूटराइन अर्टरी एम्बोलाइजेशन अर्थात नन सर्जिकल ट्रिटमेन्ट (फोमको इन्जेक्शन धमनीहरुमा दिइन्छ) ले फाइब्राइडमा हुने रक्त सञ्चारलाई रोकिदिन्छ । जसका कारण यी गाँठाहरुको आकार बढ्न पाउँदैन र यो खुम्चिन्छ ।

बिना सर्जरी गरिने उपचार प्रविधिमा रेडियो फ्रिक्वेन्सीद्वारा  पनि ट्यूमरलाई नष्ट गर्न सकिन्छ । अर्को उपचारमा एमआरआई र अल्ट्रासाउण्डको सहयोगले ती गाँठाहरुलाई स–साना टुक्रा पारेर शरीरबाट बाहिर तानिन्छ ।

यस प्रकारको उपचार राम्रो अस्पतालमा  दक्ष डाक्टरहरुको हातबाट नै गराउनु पर्छ । यो उपचार अलि खर्चिलो पनि छ । त्यसैले दुई चारवटा अस्पतालमा बुझेर मात्र उपचार गराउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment