Comments Add Comment

खेलाडीको अवस्थाबारे राखेपको चासो

सोध्यो-तपाईं र परिवारलाई कस्तो छ ?

२१ चैत, काठमाडौं ।  नेपाली खेलकुद हेर्ने नियामनकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेल र खेलाडीबारे जानकारी गराउन आग्रह गरेको छ ।

राखेपले एक विज्ञप्ति जारी गर्दै खेलाडी तथा तिनका परिवारबारे जानकारी दिन आग्रह गरेको हो ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले राखेपअन्तर्गतका सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, निर्देशक तथा उप-निर्देशकहरू, प्रशिक्षकहरू, शाखा प्रमुखहरु, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुखहरु तथा सम्पूर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुखहरु एवं सम्पूर्ण कर्मचारीहरु र खेलाडीहरुलाई सम्बोधन गर्दै  जानकारी मागेका छन् ।

‘आ-आफ्ना मातहतमा रहेका अफिसहरु, कर्मचारीहरु, खेलाडीहरु, तथा पदाधकारीहरु र निजका परिवारको हालको अवस्था के कस्तो छ ? बुझी विवरण पेश गर्नुहुन तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु, केन्द्रबाट केही गर्नुपरेमा त्यसको जानकारी गराउनुहुन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विभिन्न संघका पदाधिकारीहरूलाई आफ्नो खेलाडीहरूको बारेमा जानकारी लिन अनुरोध गरिएको छ ।

लकडाउनको समयले गर्दा साह्रै दिक्क लाग्ने अवस्था आइसकेको भन्दै यस्तो बेला धैर्य र संयम भएर सम्भव भएसम्मका कार्यहरु गर्न र परिषदअन्तर्गत बन्ने आइसोलेसन कक्षहरुमा पूर्ण रूपले सहयोग गर्न समेत थापाले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment