+
+

सनराइज बैङ्कको प्रादेशिक कार्यालय मार्फत् पीपीई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १८:५०

२१ चैत, काठमाडौं । सनराइज बैङ्कको प्रादेशिक कार्यालयले गण्‍डकी प्रदेशका काम गर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)  हस्तान्तरण गरेकाे छ ।

बैङ्कले हाल कोरोना भाइरस (कोभिड–१९) को महामारीका क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले निभाएको भूमिकाको प्रशं‌सा गर्दै शुक्रबार यस्तो सहयोग हस्तान्तरण गरेको हो ।

तिनै स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत् ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई  प्रदान गरेको बैङ्कले जनाएको छ।

बैङ्कले सो सामग्री मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ्गलाई हस्तान्तरण गरेको हो । सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र के.सी.ले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी, बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।

त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकासमन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा तीन सय ३० वटाभन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरूमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?