Comments Add Comment

विपन्नको चुल्हो निभ्न नदिन गाउँपालिकाले स्थापना गर्‍यो ‘फूड बैंक’

२२ चैत, काठमाडौं । लकडाउनका कारण गाउँपालिका विपन्न परिवारको चुल्हो निभ्न नदिन धादिङको गजुरी गाउँपालिकाले खाद्य बैंकको अवधारणा कार्यन्वयनमा ल्याएको छ ।

कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा कार्यान्वनयमा ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् । ‘सम्भावित संकटले अप्ठ्यारोमा पर्ने परिवारलाई जिन्सी सहयोग गर्ने हेतुले फूड बैंक स्थापना गरिएको हो,’ उपाध्यक्ष ढुंगानाले भनिन् ।

सहयोगी मन भएका तर नगद राहात दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने गाउँपालिकाले जनाएको छ ।

बैंकमा दाल, चामल गेडागुडि, मसला, तरकारीलगायतका वस्तु जम्मा गर्न सकिने उपाध्यक्ष ढुंगानाले बताइन् । शुक्रबार स्थापना गरिएको खाद्य बैंकमा १२० किलो चामल र चार बोरा हरियो सीमी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

फूड बैंक सञ्चालनका लागि गाउँपालिकाले उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्सीय टास्क फोर्स गठन गरेको छ । बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउनेदेखि प्राप्त भएको खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी टास्क फोर्सलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment