Comments Add Comment

के हो ब्रेन स्ट्रोक ?

पक्षघात अर्थात् ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु अथवा कम हुनाको कारण हुन्छ । दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त बाहिकाहरुका बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ ।

जसका कारण दिमागका मांशपेशीहरु नष्ट हुन थाल्छन्। जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुनसक्छ।

आज विश्वमा करिब ८० मिलियन मानिसहरु ब्रेन स्ट्रोकको समस्याले ग्रसित छन् । ५० मिलियन भन्दा बढी मानिसहरु स्थाई रुपमा विकलाङ्ग भइसकेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत ब्रेन स्ट्रोकका बिरामीहरुको औसत उमेर ४० वर्षको रहेको छ।

यो कुरालाई ध्यान दिँदै हरेक वर्ष अक्टोबर २९ का दिन वर्ल्ड स्ट्रेक डे पनि मनाइन्छ। जसको उद्देश्य स्ट्रोकको रोकथाम, उपचार र सहयोगप्रति मानिसहरुको जागरुकता बढाउनु हो ।

संसारभरीमा ब्रेन स्ट्रोकलाई मृत्युको तेस्रो कारण मानिन्छ। नेपालमा पनि ब्रेन स्ट्रोकका कारण धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका छन्।

यसो हुनुको कारण यहाँ ब्रेन स्ट्रोक जस्तो मेडिकल इमर्जेन्सीको स्थितिमा यसको लक्षण, कारण, रोकथाम र तत्काल उपायप्रति जनजागरुकताको धेरै अभाव रहेको छ ।

ब्रेन स्ट्रोकका बिरामीहरुलाई तत्काल उपचार गराउनाले उनीहरु ठिक हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म हुन्छ ।

प्रमुख कारण

ब्रेन स्ट्रोक हुनुका कारणहरुमा आजको व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धुम्रपान, मदिरापान, हाई ब्लडप्रेसर, डाइबिटीज, मोटोपन आदिलाई प्रमुख मानिन्छ । यी बाहेक आरामदायक अथवा निरन्तर बसेर काम गर्ने शैलीले पनि दिमाग र मुटु सम्बन्धी रोगहरु निम्त्याउने गर्छ । यही कारणहरुले गर्दा हिजोआज ब्रेन स्ट्रोक जस्ता समस्या दिन-दिनै बढ्न थालेका छन् ।

यी सबै कारणहरु बाहेक वातावरण र मौसममा असामान्य परिवर्तन। जुन हाम्रो छाला र दिमागलाई विपरीत ढंगबाट प्रभावित गरिरहेको हुन्छ। भन्ने कुरा धेरैलाई थाहा हुँदैन । यसको परिणाम भविष्यमा झन घातक प्रमाणित हुनसक्छ । यसका लागि रुखहरु काट्नेहरु मुख्य रुपले जिम्मेवार छन् ।

ब्रेन स्ट्रोकलाई सामान्य रुपमा बेवास्ता गरिन्छ । जबकि हरेक ६ जना व्यक्तिहरु मध्ये एक जना व्यक्ति जिन्दगीमा कुनै न कुनै दिन यसको चपेटामा आउँछ । जाडो मौसममा यसको आशंका अझ धेरै बढ्छ। हृदयघात, क्यान्सर र डाइबिटिज जस्तो रोगहरुलाई जति गम्भीर रुपमा लिइन्छ, त्यति गम्भीरतापूर्वक ब्रेन स्ट्रोकलाई लिइँदैन ।

टाइप-२ डाइबिटिजका बिरामीहरुलाई ब्रेन स्ट्रोकको खतरा धेरै हुन्छ । हाई ब्लड प्रेसर र हाईपर टेन्सनका बिरामीहरु यसको चपेटामा छिट्टै आउँछन्। गर्भ निरोधक चक्कीको सेवन र कोलेस्ट्रोलको बढ्दो स्तरले पनि ब्रेन स्ट्रोकलाई निम्त्याउने गर्छ ।

ब्रेन स्ट्रोकको लक्षण

हाम्रो सम्पूर्ण शरीरमा दिमागको काम धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा शरीरका अन्य रोगहरुलाई बेवास्ता गरियो भने यसले हाम्रो दिमागलाई विपरीत ढंगले प्रभावित गर्छ । ब्रेन स्ट्रोकको संकेतको रुपमा मुख, हात र खुट्टा बाङ्गो हुनु, रिँगटा लाग्नु, टाउकोे दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षणहरु हुन् । स्ट्रोक नन-ब्लिडिङ र ब्लिडिङ दुई किसिमका हुन्छ । जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्छ ।

स्ट्रोकको प्रकार अनुसारको उपचार

ब्रेन स्ट्रोक हुँदा तत्काल चिकित्सा अति नै आवश्यक हुन्छ । यस्तो उपचार स्ट्रोक सुरु भएको तीन देखि चार घण्टाभित्र गरियो भने दिमागलाई क्षति र सम्भावित समस्याहरु कम गर्न सकिन्छ । उदाहरणका रुपमा तीन घण्टा भित्र क्लोट बस्टिङको औषधि दिनु आवश्यक छ । त्यसपछि डाक्टरद्वारा सम्पूर्ण जाँच अर्थात् सिटीस्क्यान, एमआरआई आदि गरी सकेपछि स्ट्रोकको उपचार सुरु गरिन्छ । जसको उद्देश्य दिमागलाई क्षति हुनुबाट रोक्नु हो ।

यदि स्ट्रोक दिमागमा रक्तसञ्चार रोकिएको कारणले भएको हो भने त्यसका लागि निम्नलिखित उपचारहरु गर्नुपर्छ ।

नन-ब्लिडिङ ब्रेन स्ट्रोक भएको तीन घण्टाभित्र क्लोट बस्टिङ ड्रगको इन्जेक्सन दिनु आवश्यक हुन्छ । यसको साथै रगत पातलो गर्ने औषधि पनि दिनुपर्छ। जसका कारण रगत जम्न पाउँदैन । यस बाहेक सर्जरी पनि गरिन्छ, जसमा गर्दनको संकुचित रगत भेसेल्स (रक्त कोशिका) लाई खोलिन्छ । यदि ब्लिडिङका कारण ब्रेन स्ट्रोक भएको हो भने त्यस्तो औषधि दिइन्छ। जसले रगतलाई जम्न दिँदैन र रगतलाई सामान्य बनाउन सहयोग पुर्‍याउँछ ।

दिमागबाट रगतलाई हटाउन अथवा दबाब कम गर्नका लागि सर्जरी गरिन्छ । चुँडिएको रक्त बाहिकालाई जोड्नका लागि सर्जरी गरिन्छ । ब्लिडिङलाई रोक्नका लागि क्वाइल अर्थात् तारको प्रयोग गरिन्छ । दिमाग सुन्निनबाट बच्न अथवा रोक्नका लागि औषधि प्रदान गरिन्छ । यसबाहेक दिमागको खाली भागमा ट्युब हालेर दबाब कम गर्ने प्रयास गरिन्छ ।

अफेसिया हुने खतरा

स्ट्रोकपछि बिरामीहरुमा शारीरिक र मानसिक अक्षमता हुने शंका धेरै हुन्छ । जुन स्ट्रोकबाट प्रभावित भाग र आकारमा निर्भर हुन्छ । नेशनल अफेसिया एसोसिएशनको रिपोर्ट अनुसार २५ देखि ३० प्रतिशत ब्रेन स्ट्रोकका बिरामीहरु अफेसियाको चपेटामा आउँछन् । यो एउटा त्यस्तो स्थिति हो, जसले बिरामीको बोल्ने, लेख्ने र व्यक्त गर्ने क्षमतालाई प्रभावित गर्छ। जसलाई ल्याङ्वेज डिसअर्डर भनिन्छ । यस्तो रोग ब्रेन ट्यूमर, ब्रेन इन्फेक्सन, अल्जाइमर आदि कारणले हुन्छ । कहिलेकाहीँ अफेसिया एपिलेप्सी अथवा अन्य न्युरोलोजिकल डिसअर्डरको संकेतको रुपमा पनि देखिन्छ ।

सहायक हुन्छ रिह्याबिलिटेसन (पुनर्वास)

ब्रेन स्ट्रोकको कारण भएको क्षतिलाई कम गर्नका लागि रिह्याबिलिटी

टेन्सनका लागि पुनर्वास धेरै हदसम्म सहयोगी हुन्छ । रिह्याबिलिटेसनबाट धेरै बिरामीहरुको स्वास्थ राम्रो हुन्छ । कोही-कोही बिरामी पूर्ण रुपमा ठिक हुन सक्दैन। मृत्त छालाका कोशिकाहरु, नर्व सेल्सलाई ठिक अथवा प्रतिस्थापित गर्न सकिँदैन। तर, मानिसको दिमाग लचकदार हुन्छ। यसमा बिरामीले हानिरहित सेल्सको प्रयोग गरेर काम गर्ने नयाँ तरिकालाई सिक्नसक्छ । त्यस्तो स्थितिमा बिरामीको जीवनलाई सही हेरचाहका साथ प्रोत्साहनको माध्यमबाट सार्थक बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment