+
+
Shares

कोरोना, भयो अब तिमी जाऊ !

नारायण प्रसाद आचार्य नारायण प्रसाद आचार्य
२०७६ चैत २३ गते १२:०८

कोरोना ! ए कोरोना !! तिमी अदृष्य छौ, तर पनि महान छौ

हामीलाई थाहा छ तिमी महान छौ र त तिमीसँग त्रसित छौ

सारा ध्वस्त बनाउने बम, रकेट, क्षेप्यास्त्रहरु त तिम्रा सामु निरीह भए भने !

हामी बिचरा निमुखाले के सकुँला तिमीसँग, कोरेना भयो अब तिमी जाऊ !!

 

कारोना आज तिम्रै कारण मन्दिर, मस्जिद अनि गुम्बाहरु सुनसान भए

विश्व स्तब्ध छ, हामी पिँजडामा थुनियौं, सारा शहरहरु निर्जीव सरह रहे

अमेरिका अनि युरोपका चरम विकसित राष्ट्रहरु त तिम्रा सामु घुँडा टेके भने !

बिचरा हाम्रो जस्तो देशमा तिम्रो काम छैन, पुग्यो कोरोना भयो अब तिमी जाऊ !!

 

यो प्रकृतिको सुन्दर देश, जैविक विविधतासँगै हिउँको खेती कायम छ हाम्रो

सहनशील जानकी र शान्तिका दूत गौतम बुद्धको देशमा तिमी नभएकै राम्रो

तिमीले उपस्थिति जनायौ, सधैं समस्यामा जुध्न सक्ने हामीलाई थप नयाँ सिकायौ !

जंगल खोला पारगर्दै घर आउँदा नाङ्गै सहर घुम्नुपर्ने देशबाट भयो अब तिमी जाऊ !!

 

बिरामीको उपचार त परको कुरा, मृत्युपछि मात्र तिम्रो रिपोर्ट आउँछ, औषधि पाइँदैन

अस्पतालको ढोका बन्द नै भए, औषधि किन्नलाई कमिसनले रोक्छ, भयो तिमी चाहिँदैन

तिम्रो अदृष्य चाल अनि भीमकायमय त्यो रुप, छिनमै पोजेटिभ अनि छिनमै नेगेटिभ !

सक्छौ भने तिनै असक्षम र भ्रष्ट्राचारीहरुलाई टिपेर बिन्ती लागोस् कोरोना अब तिमी जाऊ !!

बिन्ती लागोस् कोरोना अब तिमी जाऊ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?