Comments Add Comment

एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण

२३ चैत, काठमाडौं । आइतबार एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण गरिएको छ ।

काठमाडौं उपत्याकासहित देशभर आइतबार विभिन्न ग्यास उद्योगका ९० हजार सात सय एक सिलिण्डर ग्यास वितरण भएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

निगमले ग्यासको अभाव देखिएपछि वितरणमा जोड दिँदै आएको छ । शनिबार मात्रै देशैभर २४ हजार सिलिण्डर वितरण भएको थियो ।

निगमले निश्चित वर्गका लागि घुम्ती सेवामार्फत टेकुबाट वितण गरिरहेको ग्यास पनि प्रभावकारी भएको जनाएको छ ।

ग्यास अभाव भए÷नभएबारे जानकारी लिन निगमले हटलाइन पनि सञ्चालनमा ल्याएको छ । हटलाइन ११४६ सँगै पैसा नलाग्ने नम्बर १६६०–०१–१००२८ तथा ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९ नम्बर निगमले सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment