
२४ चैत, काठमाडौं । अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चासो व्यक्त गरेका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्रीले आप्रवासीबारे दिएको अभिव्यक्तिले त्यहाँ रहेका नेपाली निराश बनरिहेका बेला अस्ट्रेलियाली समकक्षी मरिस प्यानेसँग मन्त्री ज्ञवालीले कुराकानी गरेका हुन् ।
परराष्ट्रमन्त्रालयले नेपाल र अस्ट्रेलियाका समकक्षीबीच त्यहाँ रहेका नेपालीको सुरक्षाबारे टेलिफोन संवाद भएको जनाएको छ ।
त्यस्तै, अस्ट्रेलियाली नागरिक फर्काउनेबारे पनि दुई देशका समकक्षीबीच छलफल भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सरकारले लकडाउन घोषणा गरेसँगै अस्ट्रेलियाका केही नागरिक नेपालमा रोकिएका छन् ।
नेपाल वायु सेवा निगम (एनएसी) ले अस्ट्रेलियाका लागि गर्ने भनिएको उडानबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एनएसीले अस्ट्रेलियालाई गन्तव्य बनाउनेबारे सैद्धान्तिक सहमति जुटे पनि केही विषय थाती छन् ।
प्रतिक्रिया 4