Comments Add Comment

पूजाले प्राविधिकलाई २ लाख सहयोग गर्ने

लकडाउनको समय अवधी बढदै गएपछि अहिले दैनिक रुपमा काम गरेर जीवनयापन गर्ने मानिसहरु समस्यमा पर्न थालेका छन् । यो समस्या नेपाली चलचित्रमा काम गर्ने केही प्राविधिकहरुमा पनि छ ।

यसैले, चलचित्र प्राविधिक संघको पहलमा अहिले राहत संकलनको काम भैरहेको छ । कलाकारहरुले राहतका लागि हात अगाडि बढाएका छन् ।

नायिका पूजा शर्माले प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी छिन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले यो बिषय परिस्थितीमा एकले अर्काको सहयोग गर्न आवश्यक रहेको बताइन् ।

नायिका शर्माले खाद्यान्न किनेर प्राविधिक संघको मार्फत समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गर्नेछिन् । उनले कोरोना संक्रमण बच्नका लागि घरमै रहन सबैलाई आग्रह पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment