
२४ चैत, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमणमा उनको ज्यान गएको हो ।
ज्यान जानेमा भरतपुर महानगरपालिका–२२, बोटे टोलका ४० वर्षीय पूर्णबहादुर कुमाल रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।
कुमाल निउरो टिप्न वन गएका थिए । उनको शव अहिले घटनास्थलमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4