Comments Add Comment

कोरोना संक्रमणपछि कसरी उठ्ला बलिउड ?

गतबर्षको आँकडा हेर्ने हो भने बलिउडका १७ चलचित्रले सय करोड क्लब पार गरेका थिए । जसमा, चलचित्र ‘वार’ले तीन सय करोडको आँकडा पार गरेको थियो । २ सय करोड क्लब पार गर्ने चलचित्रको संख्या पनि केही थियो ।

यसैले, पनि यो बर्ष बलिउडका लागि सुखद हुने अपेक्षा बलिउडकर्मी र बलिउड पण्डितहरुमा थियो । नायक अजय देवगणको चलचित्र ‘तान्हाजी’ले २८० करोड कमाएपछि बलिउडमा खुशी छाएको थियो ।

मार्च महिनामा ‘बाघी’को तेश्रो सिरिज र ‘सुर्यवंशी’ नामक चलचित्र रिलिजको तालिका रहेकाले पनि ५ सय करोड बढी कमाई हुने अपेक्षा बलिउड पण्डितहरुको थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले बलिउडलाई पछाडि धकेलिदियो ।

कोरोनाकै कारण चलचित्र ‘बाघी’को तेश्रो सिरिजले सय करोडको क्लब पार गर्न सकेन । नायक अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी’ रिलिज मिति पछि धकेलियो । अब, यो महिनाको १० तारिख रिलिज हुने भनिएको चलचित्र ‘८३’ पनि रिलिज नहुने पक्का भैसकेको छ । भारतका सबै हलहरु बन्द छन् ।

बन्द हलहरु कहिले खुल्छन भन्ने टुंगो छैन् । हल संचालकहरु ठूलो मारमा परेका छन् । निर्माण भएर रिलिजका लागि तयार भएका साना ठूला बजेटका चलचित्र पछि धकेलिएका छन् ।

इदमा रिलिज हुने भनिएको नायक सलमान खानको चलचित्र ‘राधे’को रिलिज पछि धकेलिने संभावना बढी छ । यो बर्षलाई रिलिज मिति तय गरिएका कैयौ चलचित्र अब कसरी रिलिज हुन्छन् भन्ने टुंगो छैन् ।

अब, बलिउड समिक्षकहरुको अर्को विश्लेषण सार्वजनिक हुन थालेको छ । ३ सय करोड कमाउने अपेक्षा गरिएका कैयौ बलिउड चलचित्र अब २ सय करोडको वरिपरी रहने विश्लेषण हुन थालेको छ ।

यसको पछाडि, अन्य केही कारण छन् । अब कुनै नयाँ चलचित्रले केही हप्ता सोलो रिलिजको अवसर पाउने छैन् । यस्तै, बिदाको समयमा रिलिज हुने चलचित्रहरु एक आसमा जुध्नेछन् । यसले सिंगो बलिउडको व्यापारलाई असन्तुलित बनाउने पक्का छ ।

बलिउडका लागि अर्को ठूलो बजारको रुपमा ओभरसिज पनि मानिन्छ । तर, चीन बाहेक अन्य देशका हलहरु कहिलेबाट खुल्छन् र हलमा दर्शकको आवतवाजत सुरु हुन्छ पक्का छैन ।

यसले, बलिउडलाई यो बर्ष सुखद नहुने विश्लेषण गर्न थालिएको छ । साच्चै, विश्वको ठूलो चलचित्र नगरी कोरोना संक्रमणपछि कसरी उठला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment