Comments Add Comment

भैरहवा प्रयोगशालामा एकैदिन २८ स्वाब संकलन, १० को रिपोर्ट ‘नेगेटिभ’

२४ चैत, बुटवल । रुपन्देहीको भैरहवामा आइतबार साँझदेखि सञ्चालनमा आएको प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझसम्म २९ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंकास्पद २९ जना बिरामीको स्वाब संकलन गरिएकोमा १० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

‘हिजो (आइतबार) साँझदेखि सञ्चालनमा आएको प्रयोगशालामा आइतबार नै पाल्पाबाट आएको एउटा नमुना परीक्षण भएको थियो । बाँकी २८ वटा नमुना सोमबार आएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले परीक्षण गरिएका १० वटै नमुनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

१९ वटा स्वाबको परीक्षण र रिपोर्ट आउन बाँकी रहेको डा. गिरीले जानकारी दिए । पोजेटिभ रिपोर्ट आएको खण्डमा यहाँ शतप्रतिशत विश्वस्त हुन नसकिने भएकाले पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने पनि उनले स्पष्ट पारे ।

कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माइक्रोबायोलोजिष्ट विष्णु रायमाझीको नेतृत्वमा टोली खटिएका छन् । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब प्राविधिकहरुले सहयोग गरिरहेका छन् ।

एउटा नमुना परीक्षण गरेर रिपोर्ट आउन कम्तीमा एक घण्टा लाग्ने गरेको छ । रुपन्देहीमा प्रयोगशाला स्थापना भएपछि रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षण र रिपोर्ट छिटो आई उपचार सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment