Comments Add Comment

खानपानको कुरा : खाली पेटमा के नखाने ?

बेलाबखत ‘लिची खाएर बालबच्चाको मृत्यु’ भन्ने खबर आउँछ । खासगरी भारतमा यस किसिमको घटना दोहोरिरहन्छ। वास्तवमा लिची विषालु हुन्छ ? यो खान नहुने फल हो ? पक्कै होइन । तर, खाली पेटमा खाँदा शरीरभित्र हुने रासायनिक प्रतिक्रियाको कारण यो घातक बन्ने गर्छ । लिची आफैँमा स्वस्थ्यवर्द्धक फल हो ।

यसको अर्थ के भने कुनैपनि खानेकुरा सही ढंगले सेवन गर्नुपर्छ । जस्तो दूध–दही अति स्वस्थ्यकर मनिन्छ । तर, दूध र दही कुन बेला खाने र कुन बेला नखाने भन्ने कुरा पनि छ । हरेक खानेकुरालाई सही ढंगले, सही समयमा, सही मात्रामा सेवन गर्दा मात्र त्यसबाट लाभान्वित हुने हो । नभए त खानेकुरा नै विष समान हुनपुग्छ ।

अतः यहाँ त्यस्तै खानेकुराको चर्चा गरिएको छ, जो खाली पेट खानु हानिकारक हुनसक्छ ।

गोलभेँडा

गोलभेँडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेँडा खाली पेटमा भने सेवन गर्नुहुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशील जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्नसक्छ ।

दही

दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।

केरा

केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेसियम बढ्छ। जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।

औषधि

धेरैजसो औषधि खाली पेटमा सेवन गर्दा प्रभावहीन मात्र हुने होइन, हानिकारक पनि हुनसक्छ । खाना खाइसकेपछि मात्र खाने औषधि आफुखुसी खाली पेटमा सेवन गर्नुहुँदैन ।

मदिरा

त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौं रोगको जन्म दिन्छ ।

मसलेदार

कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन । त्यस्ता खानेकुराले पाचनयन्त्रमा गम्भीर असर पुर्‍याउनसक्छ ।

कफी

गर्मीमाभन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिँदैन। यद्यपि खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।

सोडा

सोडा खाली पेटमा सेवन गर्नुहुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईंले यसलाई खाली पेटमा पिउनुभयो भने नराम्रो असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment