Comments Add Comment

कोरोनाले सिटीका प्रशिक्षक ग्वार्डिओलाकी आमाको निधन

इंग्लिस क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला

काठमाडौं । इंग्लिस क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको कोरेना भाइरसका कारण निधन भएको छ ।

विश्वलाई नै भयग्रस्त पारेको कोरोनाको संक्रमणबाट ग्वार्डिओलाकी ८२ वर्षीय आमा डोलर्स सला कारियाको निधन भएको हो ।

प्रिमियर लिग क्लब सिटीले यसको पुष्टि गर्दै ग्वार्डिओलाकी आमाको निधन भएको जनाएको छ ।

‘क्लब परिवार पेपको आमाको निधनमा शोक व्यक्त गर्दछ । उनकी आमा डोलर्स सला कारियोको बार्सिलोनामा कोरोना भाईरसको संक्रमणबाट ८२ वर्षको उमेरमा निधन भएको छ,’ क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

ग्वार्डिओलाले केही दिनअघि कोरोनाविरुद्व लड्न बार्सिलोनामा मेडिकल सामग्री किन्न करिब ९ लाख २० हजार पाउण्ड डलर सहयोग गरेका थिए । तर त्यही कोरोनाले उनको आमाको ज्यान लियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment