काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले कोरोना भाइरस महामारीकै समयमा आफ्नो टिमको ट्रेनिङ सुरु गरेको छ ।
बुन्डेसलिगा लिडर वायर्नले सोमबारबाट ट्रेनिङ थालेको हो । वायर्नले ५ जनाको समूहमा ट्रेनिङ गरेको थियो । तर खेलाडीहरू एक अर्काबाट टाढा थिए । सोमबारै बोरुसिया मोन्चेन ग्लाडबाक र वल्फस्वर्गले पनि सानो समूहमा ट्रेनिङ सुरु गरेका छन् ।
विश्वभर कोरोना भाइरस फैलिएपछि जर्मन बुण्डेसलिगा खेल र ट्रेनिङ सबै स्थगित भएको थियो । यसअघि नै जर्मन क्लब बोरुसिया डर्टमण्डले प्रशिक्षण सुरु गरिसकेको छ । यस्तै, सोमबारबाट वायर्नले पनि सानो समूह बनाएर ट्रेनिङ सुरु गरेको हो ।
जर्मन बुण्डेसलिगा अप्रिल ३० सम्मका लागि स्थगित भएको छ ।
पहिलो दिनको ट्रेनिङपछि वायर्नका कप्तान म्यानुएल नोएले सानो समूहमा ट्रेनिङ गर्दा अनौठो अनुभव भएको बताए । ‘आज सानो समूहमा ट्रेनिङ सेसस हुँदा अनौठो अनुभव भयो तर खेलाडीहरू फेरि व्यक्तिगत रूपमा देख्दा पनि खुसी लाग्यो,’ नोएले भने ।
वार्म अफबाट ट्रेनिङ शुरु भएको थियो । त्यसपछि रनिङ, सुटिङ, ड्रिबलिङ र टेक्निकल ट्रेनिङ भएको थियो । जसमा सोसिएल डिस्ट्यान्डिङ कायम गरिएको थियो ।
जर्मन च्याम्पियन वायर्नका खेलाडी स्टाफहरुले दुई साता आफैं ट्रेनिङ (साइबर ट्रेनिङ) गरेका थिए ।
यस सिजन रोकिनु अघि वायर्न बोरुसिया डर्टमण्डलाई ४ अंकले पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4