+
+

लिबियाका पूर्वप्रधानमन्त्रीको कोरोनाबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १२:२०

२५ चैत, काठमाडौं ।  लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।

एलायन्सका सेक्रेटरी खलेद अल-म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

सन् २०११ को क्रान्तिमा जोडिनुभन्दा पहिला उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए । पछिल्लो समय लिबियामा बढेको हिंसाको कारण जिब्रिल मुलुक बाहिर रहँदै आएका थिए । लिबियामा भने अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?