Comments Add Comment

दक्षिण कोरियाका ४६ हजार सेल्फ क्वारेनटाइनमा

कोरोना भाइरस नष्ट गर्न दक्षिण कोरियामा किटनाशक औषधि छर्किइँदै त्यहाँका कर्मचारी

काठमाडौं । दक्षिण कोरियामा ४६ हजारभन्दा बढी मानिस अहिले सेल्फ क्वारेन्टाइनमा छन् । दक्षिण कोरियाको सरकारले दिएको जानकारी अनुसार अहिले ४६ हजार ५६ जना मानिसलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

सीएनएनले उल्लेख गरेअनुसार यो संख्या दोब्बर हुन सक्ने अनुमान गरेको छ । अन्य मुलुकबाट दक्षिण कोरिया फर्किने मानिसको संख्या बढेसँगै सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्यामा पनि वृद्धि भएको हो । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै दक्षिण कोरिया फर्किनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

मुलुकमा कोरोना भाइरसको प्रकोप फैलिन नदिन सरकारले विदेशी पर्यटकलाई मुलुक प्रवेश गर्दा अनिवार्यरुपमा स्मार्टफोन एप डाउनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । यो एपबाट सरकारले क्वारेन्टाइनमा बस्दा सम्बन्धित व्यक्तिको गतिविधिबारे निगरानी राख्ने गरेको छ । तर, दक्षिण कोरियाली नागरिकलाई भने यो अनिवार्य छैन ।

कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको दक्षिण कोरियामा अहिलेसम्म १० हजार तीन सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने एक सय ९२ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment