+
+

जापानमा एक महिना लामो संकटकाल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १५:०६
देशमा आपतकाल घोषणाको निर्णय गर्न बसेको सत्तारुढ दलको बैठकमा जापानी प्रधानमन्त्री सिन्जो आबेलगायत ।

२५ चैत, काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् ।

अहिले घोषणा गरिएको संकटकाल  मे ६ सम्म जारी रहनेछ । सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए ।

मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् । आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

जापानमा नयाँ संक्रमित देखिने क्रम बढेसँगै विशेषज्ञहरुले जापानमा उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनी दिएसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको हो । आलोचकहरुले भने सरकारले यो कदम चाल्न ढिला गरेको बताएका छन् ।

जापानमा अहिलेसम्म चार हजार छ सयभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ९१ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?