+
+

सचिवालयमा प्रधानमन्त्रीको ब्रिफिङ : ओम्नी समूहसँग भएको सम्झौताबारे थाहै थिएन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते २१:४३
मंगलबार बसेको नेकपा सचिवालय बैठक

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा ब्रिफिङ गरेका थिए ।

उनले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई पूर्व जानकारी नै नभएको बताएको स्रोतले जनाएको छ । ‘डीजी (स्वास्थ्य सेवा विभागका महानिर्देशक) स्तरमा सम्झौता भएको हरेछ, त्यो मेरो जानकारीभन्दा बहिरको कुरा थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए ।

लगतै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले सरकारले गरिरहेको काम सकारात्मक भएको र त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरुले यो संकटको घडीमा पार्टीभित्र एकता अझै मजबुत बनाउनुपर्नेमा जोड दिएको सचिवालयका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा आएको सुझावलाई पनि मनन गर्दै अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?