+
+
Shares

अमेरिकाको न्युयोर्कमा एकैदिन ७३१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते २१:३५

२५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को कारण अमेरिकाको न्युयोर्क राज्यमा मात्र पछिल्लो २४ घण्टामा ७३१ जनाको मृत्यु भएको छ ।

मंगलबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राज्यमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको जानकारी दिएका हुन् ।

सीएनएनका अनुसार सोमबार मृत्यु हुनेको संख्या चार हजार ७५८ थियो । उनका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको कारण एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो ।

न्युयोर्क राज्यमा अहिले समग्र संक्रमितको संख्या पनि एक लाख ३८ हजार ८३६ पुगेको छ । न्युयोर्क अमेरिकामा कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित राज्य हो ।

कोरोना भाइरस नियन्त्रणका लागि न्युयोर्कको सरकारले मानिसहरुलाई सामाजिक दुरी कायम गर्न र घरमा नै बस्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?