Comments Add Comment

अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी

२६ चैत, काठमाडौं । मंगलबार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

बीबीसीका अनुसार मंगलबार अमेरिकामा एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि १२ हजार सात सय २२ पुगेको छ ।

अमेरिकामा तीन लाख ९८ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । विश्वभर यो भाइरसबाट संक्रमितको संख्या १४ लाख नाघिसकेको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मृतकको संख्या अब बिस्तारै घट्न सक्ने बताएका छन् ।

यसअघि अप्रिल ४ मा सबैभन्दा धेरै एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो । मंगलबार घोषणा गरिएको मृत्युको संख्यामा अझै केही राज्यको तथ्यांक समावेश हुन बाँकी रहेको बताइएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको यो भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । अमेरिका भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ ।

भाइरसको उद्गमस्थल वुहानको लकडाउन भने बुधबारदेखि खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment