Comments Add Comment

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव   

२६ चैत, चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताए । उनले भने, ‘अस्पताललाई स्तरोन्नति गरी एक हजार शैय्याको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।’ अस्पतालमा

कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उनले बताए । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा कटिबद्ध हुने बताए ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले गत सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार ८३३ को उपचार गरिएको र दुई हजार २५१ जनाले भर्ना भएर सेवा लिएको बताए । देशैभरका बिरामी आउने गरेको भए पनि चितवनसहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उनको भनाइ थियो ।

तिवारीले गुरुयोजनाअनुसार काम गर्नुपर्ने, स्रोतसाधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिए ।

उनले अस्पतालका भवनको रङरोगन यसै वर्ष गर्ने योजना रहेको बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment