Comments Add Comment

धरानका मेयरलाई राहत बाँड्न चाहियो स्वास्थ्यकर्मीको तलब !

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रमोर्चामा रहने सिपाही हुन् स्वास्थ्यकर्मी । संक्रमितहरुको उपचारमा खटिँदा सबैभन्दा बढी जोखिममा उनीहरु नै हुन्छन् । तर उनीहरुले उपचार गर्नुको विकल्प पनि नभएकाले कोरोनासँगको लडाइँमा चिकित्सकलाई अग्रमोर्चाको सपाही मानिएको हो ।

त्यसमाथि पर्सनल प्रोटेक्भिट इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा किटको अभाव अझै टरेको छैन । तैपनि जोखिम मोलेर स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा खटिइरहेका छन् । सरकारले पनि सुरक्षा सामाग्री जुटाउन प्रयास गरिरहेको छ भने शतप्रतिशत भत्ता दिनेदेखि २५ लाखसम्मको जीवन बीमा गर्ने निर्णय गरेको छ ।

मेयर तिलक राईले कोषमा रकम जम्मा गर्न चिकित्सकलाई आग्रह गरेको, तर बाध्यकारी नबनाएको बताए

तर धरान उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसँग तलब मागेको छ, त्यो पनि राहत बाँड्न ।

धरानका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालले स्वास्थ्यकर्मीलाई कोषमा रकम जम्मा गर्न आग्रह गर्दै पत्र पठाएको स्वीकार गरे । उनले भने, ‘अनिवार्य भनेको होइन, अनुरोध चाहिँ सबैलाई गरेका हौं ।’

मेयर तिलक राई आफैंले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिलाई पत्र लेखेर प्रतिष्ठानमा कार्यरत डाक्टर लगायतका कर्मचारीको १० दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

आग्रह गरेको हो, जबरजस्ती होइन : मेयर राई

मेयर तिलक राईले कोषमा रकम जम्मा गर्न चिकित्सकलाई आग्रह गरेको स्वीकार गरेका छन् ।

र स्थानीय सरकारले कसैलाई आर्थिक सहयोगका लागि बाध्यकारी नबनाएको बताए । ‘यो संकटको बेला उहाँहरु खट्नु भएको छ । राज्यले उहाँहरुलाई प्रोत्साहन गरेको छ’ मेयर राईले भने, ‘अहिले अवस्थामा सहयोग गर्न सकिन्छ कि भनेर आग्रह गरेको हो । चन्दा मागेजस्तो जवरजस्ती होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment