Comments Add Comment

रियल मड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने

२७ चैत काठमाडौ । स्पानिस क्लब रियल मड्रिडले पनि आफ्ना खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको छ ।

कोरोना भाइरस महामारीको कारण अहिले विश्व फुटबल गतिविधि ठप्प छ । ला लिगा अनिश्चितकालका लागि स्थगित छ ।

त्यही कोरोनाको कारण रियल मड्रिडले सिनियर र कास्टिला फुटबल टिम अनि बास्केटबल टिमका खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको हो ।

‘रियल मड्रिडको प्रशिक्षक खेलाडी कप्तान बास्केटबलको पहिलो टिम अनि विभिन्न विभागको निर्देशकहरु उनीहरुको तलब १० देखि २० प्रतिशत कटौती गर्न सहमती गरेको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।

रियलले यस कठिन अवस्थामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

रियल मड्रिडको छिमेकी एट्लेटिको मड्रिड र बार्सिलोनाले यसअघि नै खेलाडीको तलब ७० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment