Comments Add Comment

औषधि–उपचार खोज्ने कि रोगमुक्त जीवन ?

वर्तमान समयमा बढिरहेका विभिन्न प्रकारका बिरामीहरु, तनाव तथा डिप्रेशनले स्वास्थ तथा स्वास्थवद्र्धक जीवनशैलीलाई नै निकै प्रभावित गरिदिन्छ । यसको प्रभाव न केवल हाम्रो मन तथा मस्तिस्कमा नकारात्मक रुपले पर्छ, यसले हामीलाई शारीरिक रुपले पनि कमरोज बनाइदिन्छ ।

यति मात्र होइन क्यान्सर, क्षयरोग, एपेन्डिक्स, कलेजोको संक्रमण, ग्याट्रिक, एसीडिटी, विभिन्न प्रकारका संक्रमण आदिको समस्या दिनप्रति दिन बढिरहेको छ । राम्रो स्वास्थको कुरा त सबैले गर्छन् र यसप्रति निकै हदसम्म जारुकतासमेत आएको छ । त्यहि पनि कतिपय समस्याहरु यसरी आइरहेका हुन्छन् कि सोच्नलाई नै बाध्य पारिदिन्छ–के यही नै चिकित्सा जगतको उपलब्धि हो त ?

रोगका बारेमा कि त समयमा जानकारी नै हुँदैन, कि त त्यसको राम्ररी उपचार नै हुँदैन । जसका कारण आज पनि धेरै जना मासिनहरुले अकालमै आफ्नो ज्यान गुमाउन बाध्य भैरहेका हुन्छन् ।

रोगहरुलाई यदि लाग्नु भन्दा पहिला नै रोक्न सकियो भने विभिन्न प्रकारका समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

अनियमित तथा अनियन्त्रित खानपान, दूषित पानी, प्रदूषण तथा तनावका कारण ग्यास अथा एसीडिटीको समस्या बढ्छ भने कलेजो सम्बन्धि रोगहरु अल्कोहल सेवनका कारण लाग्ने गर्दछ । थोरै सावधानी अपनाइयो भने यी रोगहरुबाट बच्न सकिन्छ ।

रोगहरुको निदान तथा त्यसप्रतिको जागरुकता

-नियमित व्यायाम ।

-कम्तिमा वर्षमा एक पटक स्वास्थ परिक्षण ।

-स्वच्छ पानीको प्रयोग, घरको खाना ।

-फास्टफूडलाई परित्याग, समयमा संयमित खाना तथा मोटोपना घटाउने ।

-प्रदूषणले नाकको एलर्जी बढिरहेको छ, यदि ध्यान दिइएन भने साइनस हुनसक्छ ।

-नाकको एलर्जी दममा पनि परिवर्तन हुनसक्छ, त्यसैले धुलो, माटो अथवा प्रदूषणयुक्त स्थानमा जाने बेलामा नाकमा रुमाल अथवा मास्क प्रयोग गर्नु पर्छ ।

-बालबालिकाहरुमा पेटको रोग देखिनुमा दूषित पानीको प्रमुख कारण हुनसक्छ ।

-मदिरालाई परित्याग गर्नुपर्छ, किनभने मदिराको सेवनले कलेजो बिग्रन सक्छ र पेनक्रियाज ग्रन्थीमा सूजन हुन सक्छ ।

-सूर्तीका कारण मुख तथा घाँटीको क्यान्सर तथा चुरोटले सासको नलीको क्यान्सर हुनसक्छ । त्यसको परित्यागले नै जीवनलाई बचाउन सक्छ ।

निःसन्तान हुनु

आज महिलाहरुमा जुन रोग अत्यधिक मात्रामा भैरहेको छ, त्यो हो निःसन्तानता । यसका एक होइन, तीन प्रमुख कारणहरु छन् ः

-धेरै उमेर भएपछि विवाह हुनु ।

-श्रीमान्–श्रीमतीबीच सन्तान जन्माउने बारेमा सल्लाह नहुनु ।

-विवाह भएको लामो समयसम्म सन्तान उत्पादन प्रकृयालाई रोकिराख्नु ।

-गर्भधारणमा समस्या भए पनि चिकित्सकीय सल्ला नलिनु ।

-शरीरमा बायोलोजिकल क्लक हुन्छ, जुन ३५ वर्षको उमेरपछि सुस्त हुनथाल्छ । यही कारण यो उमेरपछि गर्भधारण हुन गाह्रो पर्छ ।

तनाव तथा डिप्रेशन

-तनावग्रस्त हुनु भयो भने आफ्नो निद्रँमा पुरै ध्यान दिनु पर्छ । कम्तिमा आठ घण्टाको निद्रा आवश्यक हुन्छ ।

-जब तपाईंलाई आफू मानसिक तनाव अथवा डिप्रेसनको शिकार भएको छु जस्तो लाग्छ, आफ्ना परिवारका सदस्यहरु तथा नजिकका साथीहरुसंग समय बताउनु पर्छ अथवा कुराकानी गर्नु पर्छ ।

-आफैंलाई सकारात्मक बनाउनु पर्छ र प्रोत्साहित गर्नु पर्छ ।

-सामाजिक रुपले सक्रिय रहनाले तपाईंलाई व्यस्त पनि बनाइरहन्छ भने तनावको कारणबाट पनि तपाईंको ध्यान हटाउँछ । केही समयमा तपाईं सकारात्मकता अनुभव गर्न थाल्नु हुनेछ ।

-आफ्ना खुबीहरु तथा अहिलेसम्मका उपलब्धिहरुको सूची बनाउनु पर्छ र त्यसपछि केही राम्रा र उपयोगी कार्यहरु गर्नका लागि योजना बनाउनु पर्छ ।

-आफैंसंग प्रेम गर्नु पर्छ र हरेक चीजलाई सकारात्मक नजरले हेर्नु पर्छ ।

-बिहानको समय अथवा जब तपाईं सहज हुुनुहुन्छ, हल्का घाममा निस्कनु पर्छ । प्रँकृतिक स्थानहरुमा जानु पर्छ अथवा घरको आँगन, बरण्डा अथवा कौशीमा शान्त मनले बस्नु पर्छ ।

अस्टियोपोरोसिसको समस्या

दुई वटा सामान्य समस्याहरु छन् । पहिलो हड्डी खोक्रो हुने (अस्टियोपोरोसिस) तथा कम्मरको दुखाई ।

बच्ने उपायहरु

-हिंड्ने क्रममा हृदयको गति ५० देखि ८० प्रतिशत बढ्नु पर्छ ।

-प्रसस्त पानी पिउनु पर्छ ।

-दूधमा क्याल्शियम तथा अन्य थुप्रै तत्वहरु पाइन्छन्, जसले हड्डीहरुलाई मजबूत तथा विकसित बनाउनमा सहयोग पु¥याउँछ ।

-व्यायाम, विहानको हिंडाइ तथा योगा गर्नु पर्छ । अस्टियोरोरोसिसबाट बच्नका लागि विहानको घाम राम्रो हुन्छ । त्यसैले बिहान करिव आधा घण्टा घाममा हिंड्नु पर्छ ।

-खैनी तथा चुरोट हड्डीहरुका लागि हानिकारक हुन्छन् ।

-मदिरापानबाट सकेसम्म बच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment