Comments Add Comment

कोरोना रोकथाममा सरकार संवेदनशील नभएको आरोप

२७ चैत, काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड-१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि सरकार नागरिकप्रति संवेदनशील नभएको आरोप लगाएका हुन् ।

संकटको बेलामा स्वास्थय सामग्री खरिदमा मन्त्री नै कमिसनको खेलमा लागेको तर यस विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरताका साथ नलिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बेलामा स्वास्थ्य सामग्री खरिदमा स्वार्थबस ठेक्का दिँदा शंकास्पद व्यक्तिहरुको परीक्षणमा ढिला भएको उनीहरुको दाबी छ ।

साथै, उनीहरूले स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुका लागि सुरक्षा सामग्री व्यवस्था गर्नुपर्ने, अस्पतालमा भेन्टिलेटरको संख्या बढाउनु पर्ने, प्रदेशमा स्थापना भएका प्रयोगशालाको परीक्षण क्षमता बढाउनु पर्ने, जोखिम प्राथमिकताका आधारमा परीक्षणको दायरा बढाउनुपर्ने लगायतका मागसमेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment