Comments Add Comment

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा गिरी

२७ चैत, विराटनगर । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विराटनगरका डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् ।

सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपतिमा प्रतिष्ठानका प्रा. डा.सञ्जीवकुमार शर्मा, प्रा. डा. गुरु खनाल र गिरीको नाम सिफारिस भएको थियो ।

प्रा. डा. खनाल प्रतिष्ठानका शिक्षाध्यक्ष समेत हुन् । सहकुलपति ढकालसँगको घनिष्टताका कारण गिरीले बाजी मारेका जानकार स्रोत बताउँछ । डा. गिरी हाडजोर्नी रोग विशेषज्ञ हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा डा. गिरी मन्त्री ढकालको निर्वाचन क्षेत्र मोरङ – ३ मा चुनाव प्रचारमा पनि सहभागी भएको नेकपाका स्थानीय नेताहरु बताउँछन् ।

डा. गिरी उपकुलपतिमा नियुक्त भएपछि नेकपा स्थानीय नेता भने असन्तुष्ट बनेका छन् । ‘जम्मा जम्मीले उहाँले चुनावमा खटिएको दुई दिन हो’ नेकपा एक नेताले भने ‘मन्त्रीले चुनावमा खटेको गुण तिरे ।’

उपकुलपतिमा नियुक्त भएपछि गिरीले प्रतिष्ठानको विकासका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment