Comments Add Comment

जापानमा एकैदिन भेटिए ५०३ कोरोना भाइरस स‌ंक्रमित

२७ चैत, काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का पाँच सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । बिहीबार जापानको स्वास्थ्य मन्त्रालयले एकैदिनमा अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो ।

बीबीसीका अनुसार पछिल्लो एक दिनमा जापानमा ५०३ जना नयाँ संक्रमित फेला परेका हुन् । यसमध्ये एक सय ४४ राजधानी सहर टोकियोमा फेला परेका हुन् । यससँगै जापानमा समग्र संक्रमितको संख्या पाँच हजार तीन सय नाघिसकेको छ । जापानमा अहिलेसम्म यो भाइरसबाट ९४ जनाको मृत्यु भइसकेको छ ।

यससँगै जापानमा कोभिड–१९ का संक्रमितको संख्या पाँच हजार नाघेको छ । एकदिनअघि मात्र कोरोना संकटको कारण जापानले टोकियोसहितका सात प्रान्तमा आपतकालको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment