 
																			२८ चैत, गुल्मी । गुल्मीमा प्रहरीले बावुको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षका टेकबहादुर कुमालको हत्या आरोपमा छोरा २९ वर्षका अर्जुन कुमालाई पक्राउ गरिएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।
बिहीबार राति बाबु र आमाबीच झगडा हुँदा अर्जुनले बाबुलाई कुटपिट गरेका थिए । घर बनाउने बिषयमा श्रीमान श्रीमतीबीच झगडा भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पक्राउन परेका छोरा सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । शबको पोष्ट मार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरीक्षक पुनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4