+
+
Shares

सहुलियत माग्न गएका निजी क्षेत्रसँग अर्थमन्त्रीले मागे सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:२९

२८ चैत, काठमाडौं । शुक्रबार दिउँसो उद्योगी-व्यवसायीहरुको एक समूह अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न अर्थ मन्त्रालय पुग्यो ।

कोरोना महामारी र लकडाउनका कारण परेको समस्या र राहतका विषय समेटेर मागपत्र बुझाउन नेपाल उद्योग वाणिज्य महासंघको टोली मन्त्रालय पुगेको थियो

१७ बुँदे मागपत्र लिएर पुगेको अध्यक्ष भवानी राणासहितको टोलीसँगको भेटमा अर्थमन्त्रीले सुरुमै कोरोना रोकथाम तथा निन्यन्त्रण कोषको विषय कोट्याए ।

भेटमा सहभागी एक व्यवसायीका अनुसार महासंघको टोलीले आफ्नो मागपत्र खोल्नुअघि नै अर्थमन्त्रीले निजी क्षेत्रले यो बेला धेरै सहयोग गर्नु पर्ने बताए ।

‘कोरोना रोकथाम कोषमा तपाईहरुको विशेष सहयोग देखिनुपर्‍यो, यो बेलामा त सोच्नु नै भएको होला’ अर्थमन्त्रीको भनाई उधृत गर्दै ती व्यवसायीले भने ।

‘हामीले कुरै राख्न पाएका थिएनौं, मन्त्रीज्यूले त पैसा जम्मा गर्न भन्नुभयो’ ती व्यवसायीले भने, ‘हामीले यसअघि नै ५० लाख नगद र ५० लाखको सामग्री गरेर एक करोड रुपैयाँ सहयोग गरिसकेका छौं ।’

त्यसपछि माग पत्र अध्यक्ष राणाले खोलेर सुनाइन् र मन्त्रीलाई हस्तान्तरण गरिन् । अन्त्यमा फेरि अर्थमन्त्रीले कोरोना रोकथाम कोषमा सहयोग गर्न आग्रह गरे । उद्योगीहरुले राखेका मागबारे उनले स्पष्ट जवाफ नदिएको सहभागी एक व्यवसायीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?